हरि खरेल/दुलेगौँडा ।
कति बसम आमा म त मनमा पिडा लिएर
मरम केरे म त आमा बिस पिएर
आज नेपाली नारीहरुको महान पर्व हरितालिका तीज, आजको दिन महिला दिदीबहीनिहरुले घरको पिडिमा बसेर गित मार्फत दुख पोख्ने गर्दछन् । नेपाली कला संस्कृति र मौलीकता झल्काउने पर्वको रुपमा पनि तीजलाई लिने गरीन्छ । विगतका बर्षहरुमा तिजको दिन विभिन्न कार्यक्रमहरुमा महिलाहरुले गित मार्फत मनका वेदना पोख्ने गर्थे । तर कोरोना महामारीका कारण यस बर्ष पनि ठुला कार्यक्रमका बिचमा नभए पनि घरको आगनमा बसेर बेदना पोख्न केहीले छेकेन ।
यसै बिच तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ३ स्थित कवासेमा रहेको सिद्धार्थ टोल तथा आमा समुहले पनि टोलमा रहेको समस्या प्रस्तुत गर्दै तीजगित प्रस्तुत गरेका छन् । लामो समयदेखी टोलमा रहेको नाला व्यवस्थीत नहुदाँ जनप्रतिनिधिप्रति रुष्ट बन्दै तीज गीत मार्फत वेदना पोखेका छन् । प्रस्तुत छ यो तिज गीत
तीजमा महिलाले आफ्नो दुख मात्र नभई समाजमा रहेको समस्या पनि प्रस्तुत गर्दछन् । जस अन्र्तगत तनहुँको शुकलागण्डकी नगरपालिका वडा नं. २ स्थित नवजोति आमा समुहले गितमार्फत मनको राजमार्गमा रहेको खाल्डा खुल्डीले दिएको समूया प्रस्तुत गरेका छन् । उनिहरुले टोल देखी केन्द्र सम्म सबैले यसको बिषयमा चासो दिएर राजमार्गको स्वरुप परिवर्त गर्न आग्रम पनि गरेका छन् । प्रस्तुत छ समुहको यो गीत
तीजमा संगै भेला हुनाले महिला दिदीबहिनीहरु बिच आत्मीयता वृद्धी हुदै जान्छ । साथै एकलाई आपत परेको बेला समुहलाई भन्दा समस्याको समाधान पनि गर्ने सकिन्छ । तीज गितमार्फत परोपकार आमा समुहले बाध्यताले बिदेशीने नेपालीको मार्मिक कथा प्रस्तुत गरेका छन् । साथै विभिनन कारणले आर्थिक संकट भोग्नुपर्दा घरको चुलो चौको, आँगन आँटी ऋणले भरीएको कहालिलाग्दो यर्थाथ गित प्रस्तुत गरेका थिए । प्रस्तुत छ यो गित
यसै गरि शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी निवासी दानुमाया पौडेलले पनि तीजको गित मार्फत मनको बेदना पोख्नुभयो । गति गाउँदै जादाँ समुहमा साथ दिने महिला दिदीबहिनीहरु पनि भाबुक हुदै रोए । प्रस्तुत छ यो तीजगीत
शुक्लागण्डकी नगरपालिका–११ राईपुर स्थित कोट-कालिका आमा समुहका महिला दिदीबहिनीले पनि नेताहरुलाई व्याङ्ग्य गदै गित प्रस्तुत गरे । विकासको लागि भाषण मात्र गर्नु भन्दा युवा पुस्तालाई अगाडी बढाउन गीत सुझाव पनि दिएका थिए । प्रस्तुत छ समुहको यो गीत
यसै गरि शुक्लागण्डकी नगरपालिका–८ मा रहेको उत्तम टोल विकास संस्थाका महिलाहरुले पनि तीजगीत प्रस्तुत गरेका छन् । उनिहरुले कोरोना महामारीको कारणले भोग्नुपरेका समस्याहरु गीतमार्फत प्रस्तुत गरेका थिए । प्रस्तुत छ समुहको यो गीत
नेपाली महिलाहरुको बिशेषपर्ब हरितालिका तीजको अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरु प्रति मंगलमय शुभकामना!!!