दुलेगौंडा, निजामती दिवसको अवसरमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय स्तरको खुल्ला निबन्ध प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत हिमा पोख्रेलले तृत्तीय स्थान प्राप्त गरेकी छन् ।

“कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका“ शिर्षकमा देशभर बाट प्रतियोगिता सामेल भएका निबन्धहरु मध्य तेस्रो स्थान प्राप्त गर्न सफल भएपछी राष्ट्रिय रुपमा नगरपालिकाको पहिचान बढाएको भन्दै नगरपालिकाद्वारा स्रस्टा सम्मान कार्यक्रमको आयोजना समेत गरिएको थियो । मंगलबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले राष्ट्रिय रुपमा आयोजना गरिएको प्रतियोगितामा सहभागी भएर पुरस्कार प्राप्त गर्नु नगरपालिकाको लागी गौरबको बिषय भएको बताउनु भयो । ३०५० रहेको उक्त निबन्धमा कोभिडको बेला कर्मचारिको भूमिकालाई प्रतुत गरिएको छ । पोख्रेलले प्रमाण पत्र सहित नगद १० हजार पुरस्कार प्राप्त गरिन । पुरस्कार प्राप्त भएपछी आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै उनले प्रतियोगिता प्राप्त सफलताले असाध्यै खुशी लागेको भन्दै यो उर्जाले नागरिकको सेवामा थप उत्साहित भई जुट्नको लागी प्रेरणा मिलेको समेत बताईन ।