दुलेगौँडा । सुर्य नेपाल प्रालि सेराटार तनहूँले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाकालाई कृषि एम्वुलेन्स उपलब्ध गराएको छ ।
नगरको भित्रका किसानहरुले उत्पादन गर्ने कृषी उत्पादनहरुलाई सहज रुपमा बजारीकरण गर्न कृषि एम्वुलेन्स सहयोग गरीएको कम्पनीले वताएको छ । २६ लाख मुल्यको कृषि एम्वुलेन्स आज एक सुर्य नेपाल प्रालिका मानव संसाधन विभाग प्रमुख अन्जन दुवाडीले शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डीतलाई उपलब्ध गराएका छन ।
लामो समय अघि निर्माण सम्पन्न भई सञ्चालनमा आउन नसकेको चिश्यान केन्द्र र कृषि उपज संकलन केन्द्रका कारण नगरपालिकाले आलोचना खेप्दै आईरहेकोछ । नगर प्रमुख कृष्णराज पण्डीतले कृषि एम्वुलेन्सको आए सँगै कृषि उपज केन्द्र मार्फत कृषि उत्पादन संकलन एवं विक्रि वितरणका लागि सहज भएको वताए ।
शुक्लागण्डकीको सेराटारमा रहेको सुर्य नेपाल प्रालिले नगरपालिकालाई विरामी वोक्ने एम्वुलेन्स र दमकल समेत सहयोग स्वरुप उपलब्ध गराईसकेको छ । कम्पनीले नगरपालिका भित्र सडक निर्माण, विद्यालय भवन तथा शैक्षिक विकास, व्यवसायमुलक तालिम तथा अन्य क्षेत्रमा समेत सहयोग गर्दै आईरहेकोछ ।