शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा वडा स्तरीय वाल सञ्जाल गठन गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.९ का विद्यालय तथा समुदायबाट बालबालिकाको प्रतिनिधित्व हुने गरी भेला गरि बुधबार वडा सभाहलमा समिति गठन गरिएको हो ।
शुक्लागण्डकी नगरपालिका सामाजिक विकास शाखाले वाल मैत्रि स्थानीय शासनलाई कार्यान्वयन गराउन भन्दै अभिमुखिकरण कार्यक्रम पश्चात बाल सञ्जाल गठन गरिएको उक्त शाखाका प्रमुख युवराज पौडेलले बताए । कार्यक्रममा बोल्दै तालवेसी माध्यमिक विद्यालयका शिक्षक दामोदर रेग्मीले बालबालिकाको हक, हित र अधिकारलाई वडा तहमै कार्यान्वयन गराउन सहज होस् भन्ने उद्धेश्यले गरिएको कार्यक्रम निकै प्रभावकारी रहेको बताए । तालवेसी माध्यमिक विद्यालयका बाल क्लवका संरक्षक शिक्षक कल्पना अधिकारीले बालबालिकाको क्षमता विकासका लगि महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो । वडाले सञ्चालन गर्ने हरेक कार्यक्रमहरु बालबालिकाको हक हित र अधिकारलाई स्थापित गर्ने बाल मैत्रि तवरबाट सञ्चालनका लागि आफु लागि पर्ने कार्यवाहक वडा अध्यक्ष बुद्धिमाया गुरुङले बताउनुभयो । बालमैत्रि स्थानीय शासन सम्बन्धि अभिमुखिकरण समेत भएको उक्त कार्यक्रममा तालवेशि माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा युविका राउतको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय बाल सञ्जाल गठन भएको छ । तालवेसी माध्यमिक विद्यालयका बाल क्लवका अध्यक्ष दिप्सा वसौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युविका राउतले गरेकी थिइन भने स्वागत मन्तव्य कक्षा ७ कि विद्यार्थी सदिक्षा रेग्मीले गरेकी थिइन् ।