दुलेगौंडा । चौथो संस्करणको शुक्लागण्डकी महोत्सव फागुन ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रबद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र सँस्कृतिको संरक्षण’ भन्ने मुल नारका साथ शुक्लागण्डकी नगर उद्योग बाणिजय संघले भानुभक्त बहुमुखी क्याम्पसको परिसर चौथो संस्करणको शुक्लागण्डकी महोत्सव गर्न लागेको हो ।
बिहिवार भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउनुका साथै स्थानीयको जीवनस्तर सुधार गर्न र गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनका अनुसार नगर क्षेत्रभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी होमस्टे प्रवद्र्धनमा सहयोग पु¥यानुका साथै स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपजलाई विक्री वितरण गरी नागरिक जीवनस्तर सुदृढ गराउन पनि महोत्सवले सहयोग पु¥र्याउने बताए । साथै महोत्सवले स्थानीय स्तरमा रहेका लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने समेत बताए ।
महोत्सवका मुख्य आकर्षणका रुपमा विभिनन समुदायको झाँकी प्रदर्शनी, दगाम भुजिकोट डाडाँको अवलोकन, ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन साथै विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम रहने संघका बरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका कलाकार संयोजक सुमन सापकोटाले बताए । महोत्सवमा विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, नृत्य प्रतियोगिता, पालिका स्तरीय भलिबल प्रतियोगितात्मक कार्यक्रम सञ्चालन हुने सापकोटाले बताए ।
संघका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष बसन्त ज्वारचन, पूर्व अध्यक्ष एवम् महोत्सवका निर्देशक विमल रिमाल लगायतले मन्तव्य दिएका थिए भने संघका महासचिव सुजन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।