हरि खरेल/दुलेगौँडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियु) क्रान्तिकारीको प्रथम नगर भेलाले शुक्लागण्डकीमा आयोजक कमिटि गठन गरेको छ । भानुभक्त बहुमुखी क्याम्पसमा भएको भेलाले आशिष भण्डारीको अध्यक्षतामा २५ सदस्यीय नगर भेला आयोजक कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा विनिता भण्डारी, सचिवमा भक्तबहादुर विक, सहसचिवमा श्रीराज शाही र कोषाध्यक्षमा सागर बराल रहेको छन् ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी )को २२ औं जिल्ला सम्मेलन नजिकै आएको हुदाँ आयोजक कमिटीको लागि शुक्लागण्डकी नगर भेला गरिएको कमिटिका सचिव भक्तबहादुर बि.कले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका—१२ का वडाध्यक्ष एवम् माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र तनहुँका सचिवालय सदस्य खुमबहादुर विक, अनेरास्ववियु क्रान्तिकारीका तनहुँ अध्यक्ष डम्वर विक लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन मिलन महतले गरेका थिए ।