दुलेगौंडा, शुक्लागण्डकी नगरपालिका वडा नं १२ को आयोजनामा सनिबार दलितलाई आरक्षण किन भन्ने शिर्षकमा अभिमुखीकरण सम्पन्न भएको छ । वडाको लिलाचोक स्थित सामुदायीक भवनमा संचालन गरिएको उक्त कार्यक्रममा वडाका २७ जना दलित समुदायका युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उप सचिब काशिराम गैरे र अधिबक्ता कुन्जनी परियारले युवाहरुलाई दलित आन्दोलन, संबिधानमा प्राप्त दलित अधिकार, दलितको बर्तमान अवस्था र अवसर, आरक्षणको आवश्यकता र उपयोग, लोकसेवाको तयारी, सम्भावना र चुनौती लगाएत बिबिध बिषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमले युवाहरुमा उप्रेरणा जगानुको साथै उहिहरुको भविष्यको लागी उद्देश्य पहिचान गर्न सहज हुने वडा अध्यक्ष मनराज गुरुङले बताए । हालसम्म बिकास भनेको भौतिक पूर्वाधार भन्ने मात्रै बुझ्ने गरिएको हुँदा सो धारणामा परिवर्तन ल्याउन क्षमता बिकास सम्बन्धि कार्यक्रमहरु संचालन गरिएको समेत उनले बताए ।