खैरेनीटार । शुक्लागण्डकी स्वच्छ वातावरण अभियानको नेतृत्व शनिवार खैरेनीटारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्लागण्डकी नगरपालिकाको वडा नं ६ र ७ खैरेनीटार बजारको दुवै तर्फ सरसफाई गरीएको छ । उक्त अभियानमा खैरेनी वजार टोल विकास संस्था, सरस्वती नमुना मार्ग टोल विकास संस्था, सरस्वती नमुना मावि खैरेनीटारका ईको क्लवका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नागरिक पहिलो अभियानका सदस्यहरुको विशेष सहयोग रहेको अभियानका संयोजनक विष्णु खत्रीले वताए ।
संयोजक खत्रीका अनुसार यो स्वच्छ अभियान अन्तर्गत विद्यालयमा पत्रु खाना निषेध गर्न अनुरोध तथा सचेतना अभियान समेत सञ्चालन गर्दै आईरहेको वताउदै हामीले हाम्रो भान्सा मात्रै सफा गरेर स्वास्थ्य सुधार नहुने त्यसका लागि हाम्रो घर आगन सफा राख्नु पर्ने समेत वताए । अभियानका क्रममा संकलित फोहरमैला सम्वन्धित केन्द्रमा पुर्याउनका लागि खैरेनीटारका अशोक विश्वकर्माले हरेक हप्ताको दुई दिन ट्रेक्टर उपलब्ध गराउने गरेको समेत उनले वताए ।