दुलेगौँडा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं १ मा कृष्णबहादुर गुरुङ सभापतिमा सर्वसम्मत चयन भएका छन् । उपसभापति गोविन्द सुवेदी र इजातली मियाँ,सचिवमा भिमबहादुर गुरुङ र पृथ्वीराज मल्ल, सहसचिवमा विष्णुमाया वि.क र लक्ष्मण गुरुङ सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै, वडा नं २ मा ध्रुवराज पौडेल सभापतिमा सर्वसम्वत चयन भएका छन् । उपसभापतिमा राजेन्द्र गुरुङ,नारायणी खनाल,सचिवमा गंगामणी गौतम र प्रज्ववल गुरुङ, सहसचिवमा रोविर गुरुङ र ईश्वर रिमाल चयन भएका छन् ।
वडा नं ३ मा सभापति सहितका सवै पदाधिकारी सर्वसम्वत चयन भएका छन् । वडा सभापतिमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उप–सभापतिमा सचिन भुजेल र दीपेन्द्र रिमाल चयन भए । सचिवमा टुकादेवी आचार्य र सन्तोष राज सिग्देल,सह–सचिवमा रामप्रसाद पोख्रेल र कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर बस्नेत, लोकबहादुर भण्डारी, महिला सदस्यहरुमा सृजना अधिकारी, शोभा न्यौपाने, गीता कार्की,खस आर्यबाट लिलवती भण्डारी,आदिवासी जनजातिबाट सन्तोष कुमार श्रेष्ठ, रोशन भुजेल,विजय श्रेष्ठ,देवेन्द्र श्रेष्ठ, आदिवासी जनजाति महिलाबाट बालकुमारी श्रेष्ठ,ममता गुरुङ, र दलितबाट जगतबहादुर सुनार चयन भएका छन् ।त्यस्तै वडाबाट प्रत्यक्ष महिला क्षेत्रिय प्रतिनिधिका लागि बीना खनाल ,सन्सरा कार्की,लक्ष्मी श्रेष्ठ,प्रत्यक्षतर्फ ठानप्रकाश न्यौपाने,मिलन पौडेल (क),निर्वतमा सभापति लिलाप्रसाद ढुङ्गाना ,मिलन पौडेल (ख) ,मंगल प्रसाद श्रेष्ठ ,सुरज लम्साल, खसआर्यबाट लक्ष्मी सिग्देल,हरिप्रसाद वाग्ले,आदिवासी जनजाति महिलाबाट ममता गुरुङ,आदिवासी जनजातिबाट सचिन भुजेल, इश्वर श्रेष्ठ, दलितबाट विक्रम वि.क चयन भए ।अधिवेशनमा डिल्लीराम घिमिरे निर्वाचन अधिकृत र महेन्द्र श्रेष्ठ सहायक अधिकृत तोकिएका थिए ।
वडा नं ४ को सभापतिमा डिल बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सर्वसम्मतको प्रयास असफल भएपछी भएको निर्वाचनमा प्रकाश थापा र राजुराम श्रेष्ठलाई हराउदै श्रेष्ठ निर्वाचित भएका हुन् । सभापतिमा सर्वसम्वत गराउने प्रयास भएपनि तीन जनाकोे उम्मेद्वार परेपछि निर्वाचन भएको हो ।सभापतिमा डिलबहादुर श्रेष्ठ, प्रकाश थापा र राजुराम श्रेष्ठले उम्मेद्वार दिएका हुन् ।अबको केहिबेरमा मतपरिणाम आउने छ । उपसभापतिमा सन्तोष श्रेष्ठ र कृष्ण जि.टी ,सचिवमा नारायण पौडेल र मिनबहादुर थापा ,सहसचिवमा मननारायण श्रेष्ठ र नारायण रिमाल चयन भएका छन् ।
वडा नं ५ को सभापतिमा हरिराज अधिकारी निर्विरोध चयन भएका छन् ।उपसभापतिमा भोज राज लामिछाने र शिवमाया थापा ,सचिवमा गणेश ढकाल र हुमबहादुर भट्ट ,सहसचिवमा मुक्ति कोइराला र पवन ढकाल चयन भएका छन् ।
यसैगरी,वडा नं ६ को सभापतिमा रवि केसी सर्वसम्वत चयन भएका छन् ।उपसभापतिमा सुदिप ढकाल र शेरबहादुर केसी ,सचिवमा प्रमोद लामिछाने र जयश्वर पाण्डे, सहसचिवमा राजेश ढकाल र विक्र थापा मगर चयन भएका छन् ।
त्यसैगरी,वडा नं ७ मा ईश्वर शर्मा सभापतिमा चयन भएका छन् । उपसभापतिमा श्रीराम राना र रमेश थापा र सचिवमा आकाश कार्की चयन भएका छन् । त्यस्तै, क्षेत्रीय प्रतिनिधिमा जीवन शर्मा ,पम्फा थापा ,खड्क सिं थापा ,सन्तोष घिमिरे, समुन्द्रराम श्रेष्ठ ,लक्ष्मण शर्मा ,पुर्णबहादुर कायस्थ,हरिबहादुर थापा ,पुष्पा ढकाल ,मनबहादुर पुन ,रेशम वि.क ,राजबहादु थापा, देवीकुमारी नेपाली,पार्वती देवी राना, खिमलाल गिरी , मञ्जु तिमिल्सिना चयन भएका छन् ।
त्यसै गरी वडा नं ८ मा भने अधिवेशन स्थगित भएको छ । काँग्रेसभित्रकै एक समुहले हुलदंगा गर्दा अधिवेशन स्थगित भएको बताइएको छ ।अधिवेशनको प्रक्रिया चलिरहेको बेलामा अधिवेशन प्रभावित गर्न चाहाने समुहले बलजस्ती निर्वाचन कार्यालयमा पसी कागजात जफत गरेर लगेपछि हालका लागि स्थगित भएको वडाध्यक्ष एवं पार्टीका वडा सभापति कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
त्यस्तै,वडा नं ९ मा पुनः रामप्रसाद पाठक सभापतिमा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा विनोद राउत र शंकर थापा,सचिवमा युवराज पराजुली र मेघनाथ पौडेल,सहसचिवमा चोलाकान्त सिग्देल र प्रकाश पौडेल चयन भएका छन् ।
वडा नं १० को सभापतिमा बिक्रम खांड ठकुरी सर्वसम्मत चयन भएका छन । त्यस्तै वडा नं ११ मा रविन्द्र विक्रम थापा सभापतिमा सर्वसम्वत चयन भएका छन् । उपसभापतिमा पुण्यप्रसाद भट्टराई र डिल्लीराम भट्टराई ,सचिवमा पिताम्बर सिग्देल , सहसचिवमा विदुर सिग्देल र नारायण प्रसाद भट्टराई चयन भएका छन् । क्षेत्रिय प्रतिनिधिमा भिमबहादुर थापा ,विष्णु मल्ल ,राजकुमार श्रेष्ठ ,बास्ना श्रेष्ठ,रेशमलाल भट्टराई ,नेत्रबहादुर महत,अमृत शाही ,हुमबहादुर दर्लाल,होमबहादुर भुजेल, सपना मल्ल, प्रमकुमारी शाही ,अमित शाही ,लोकेन्द्र थापा ,मदन सिग्देल, दीपा घिमिरे, मेघ मल्ल चयन भएको भीमबहादुर थापाले जानकारी दिए ।
त्यसैगरी वडा नं १२ को सभापतिमा पुनः गजबहादुर गुरुङ निर्विरोध चयन भएका छन् । त्यस्तै, उपसभापति तुलबहादुर खाँड र महेन्द्र गौतम ,सचिवमा फक्तबहादुर गुरुङ र होमबहादुर गुरुङ, सहसचिवमा तेजनारायण कोइराला ,किरण शाही रचयन भएका छन् । सदस्यमा नारायण गौतम र तारा गौतम लगायत चयन भए भने क्षेत्रिय प्रतिनिधिमा संगीता ठकुरी ,अञ्जु सिं ठकुरी ,रसामाया गुरुङ,शेरजंग गुरुङ, सुस्मा गौतम,होमबहादुर गुरुङ,राजकुमार श्रेष्ठ,विष्णुबहादुर भुजेल,डम्बर सिं गुरुङ, रुविना गुरुङ,सन्तोषराज गोतम,सोमबहादुर बैदार ,गजबहादुर गुरुङ ,ध्रुव लामिछाने र महेश्वर गौतम चयन भएका हुन् ।