नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शुक्रवार गाउँ र नगरको वडा अधिवेशन धमाधम हुदैछ । शुक्लागण्डकी नगरपालिका वडा नं ३ को सभापतिमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
पार्टीको विधान अनुसार वडा समिति र क्षेत्रिय प्रतिनिधि सबै पदमा सर्वसम्मत चयन भएको वताईएको छ । अधिबेसनबाट उप सभापतिमा सचिन भुजेल र दिपेन्द्र रिमाल, सचिबमा टुकादेबी आचार्य र सन्तोष सिग्देल चयन भएका छन् । शुक्रबारको अधिबेसनबाट २० जनाको वडा समिति गठन गरिएको छ भने १५ जनाको क्षेत्रिय प्रतिनिधि चयन भएको छन् ।