भिमाद । तनहँुको भिमाद नगरपालिका—८ ढुङढुङ्गेमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । आज विहान घरको आगनमा काम गर्ने क्रममा अचानक चट्याङ पर्दा २४ बर्षीय अजुन विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ परि घाईते भएपछि विकलाई उपचारको लागि जिपि कोईराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रमा ल्याईएको थियो । अस्पतालमा डाक्टरले चेकजाँच गरेपछि विकलाई मृत घोषणा गरेको थियो ।