बेलचौतारा । विश्वकै दुर्लभ रोग इस्पाइनल मस्कुलर एट्रोपी (एसएमए) बाट ग्रसित तनहुँको शुकलागण्डकी नगरपालिका—५ बेलचौताराका ९ महिने बालक उस्मान अलीको उपचारका लागि बेलचौतारा युवा क्लबले ८५ हजार रुपौयाँ आर्थिक सहयोग गरेको छ । क्लबले उस्मान अलि बचाउ अभियान सहित घरदैलो कार्यक्रम गरि रकम संकलन गरेको थियो । क्लबका अध्यक्ष कमल थापा सहित क्लबका सहस्यहरुले समाजिक व्यक्तित्व, संघ संस्था, आम नागरिकबाट संकलित रकम क्लबले उस्मानका हजुरबुबा हाजि सफि उल्लाह मियालाई हस्तान्तरण गरेका छन् ।
। क्लबका अध्यक्ष थापाले विभिन्न क्लब, संघ संस्था, टोल विकास, आमा समुह, देश तथा विदेशमा बस्ने नागरीकहरुको सहयोगले उस्मान अलीलाई बचाउन सकिने हुदाँ सहयोग गर्न आग्रह गरे ।
पारिवारीक स्रोतका अनुसार अलीको उपचारका लागि करिब २६ करोड रुपैयाँ लाग्ने बताएको छ । जुन सामान्य नेपालीको पहुँच भन्दा बाहिर रहेकाले सहयोगका अपिल गरेको छ । यो रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । साथै यो औषधि विश्वकै महँगो औषधि मा पर्ने हुदाँ सहयोगको लागि अपिल गरेको हो । पारिवारीक स्रोतका अनुसार उस्मान अलीको उपचारको लागि हालसम्म २३ लाख रुपैयाँ बढी संकलन भएको छ ।