हरि खरेल/दुलेगौँडा । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी—४ बन्केवा चोकस्थित दुलेगौडामा मिनिबस ठुलो दुर्घट्नाबाट बचेको छ ।
बसको ब्याट्रि सट हुदाँ धुवाँको मुस्लो निस्किदाँ एकछिन दुलेगौँडा बजार नै ढाकिएको थियो । तत्कालै स्थानीयले अग्निनियन्त्रण उपकरण प्रयोग गरी आगालागी हुनबाट जोगाइएको थियो । दमौलिबाट पोखरातर्फ जादै गरेको ना ५ ख ६९११ नम्बरको स्थानीय बसबाट धुवाँ निस्केपछि बसमा सवार यात्रुहरु हताहती भएका थिए । बस आगोलागि हुने अवस्था सिर्जना भएसंगै स्थानियहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बसमा सामान्य क्षेति भए पनि मानविय क्षेति भने भएको छैन् ।