दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ३३ ओैं अन्तर्राष्ट्रिय अपङ्गता दिवसकाे अवसरमा अपाङ्गता भएका व्यक्तिको नि:शुल्क स्वस्थ्य परीक्षण गराएकाे छ । नगरपालिकाले नगरस्तरीय अपाङ्गता सञ्जालकाे व्यवस्थापनमा उक्त कार्यक्रम गरेको हाे ।
अपङ्गता भएका व्यक्तिले पर्याप्त स्वस्थ्य सेवा तथा सुविधा नपाउने हुदाँ अपाङ्गता दिवसकाे अवसर पारेर नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको शुक्लागण्डकी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख युवराज पाैडेलले बताए । उनका अनुसार स्वास्थ्य परीक्षण संगै विद्यार्थीलाई कम्तिमा पनि ६ महिनासम्म पुग्ने गरी डाइपर हस्तान्तरण गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको सुगर, प्रेसर, इसिजि, रगत-पिसाब परीक्षण, भिडियो एक्सरे जस्ता सुविधा प्रदान गरिएको ढाेर सहिद फूलबारी अस्पतालका प्रमुख विज्ञान क्षेत्रीले बताए । उनका अनुसार नगर भित्रका करिब ५० जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको छ ।