फिरफिरे । तनहुँको शुक्लागण्डकी नगरपालिका—१२ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार वडालाई वालमैत्री वडा घोषणा गर्न लागिएको हो । जसका लागि आज वडा कार्यालय र बालहितकारी परियोजना नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा वडाका वडाध्यक्ष मनराज गुरुङ र परियोजनाका अध्यक्ष गोविन्दराज पहारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नै आगामी फागुनसम्म वडालाई बालमैत्री घोषणा गराई छाड्ने वडाध्यक्ष गुरुङले प्रतिवद्धता जनाएका छन् । उनका अनुसार बालमैत्री वडा घोषणाका लागि बाल मृत्युदर घटाउने, बाल विकास, बाल संरक्षण र बाल सहभागीता जस्ता विषयमा रहेर ५१ वटा सुचकहरु पुरा गर्नुपर्ने छ । जसका लागि वडाले आजैदेखि बालमैत्री वडा घोषणाका लागि काम शुरु गर्ने गुरुङको भनाई छ ।
परियोजनाका अध्यक्ष पहारील बालमैत्री शासन अन्र्तगत वडातहमा तयार गर्नुपर्ने बस्तुगत विवरण, बालबालिकास्थिति पत्र ,रणनीति ,आचारसंहिता ,योजना आदिको तथ्यांक विश्लेषण, प्रतिवेदन र नमुना ढाँचा तयार पार्नुपर्ने बताए । यसका लागि बुधबार (आज)नै वडा कार्यालयमा सरोकारवालाहरुलाई अभिमुखिकरण तालिम दिइएको छ ।