दमौली । तनहुँ समज हङकङको २२ औं स्थापना दिवसको अवसरमा युवा पत्रकारिता पुरस्कार—२०७८ मार्फत तनहुँका दुई पत्रकार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा भञ्याङ दैनिक तनहुँका सम्पादक नारायण खड्का र गोरखापत्र दैनिकका तनहुँ संवाददाता अमरराज नहर्की रहेका छन् । मंगलबार (आज) पत्रकार महासंघ तनहुँको सभाहलमा भएको कार्यक्रमले पत्रकारीता मार्फत समाजको लागि दिएको योगदान कदर गर्दै पुरस्कृत गरेको हो ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले नगरबाट पत्रकारहरुको सम्मान गर्दै स्वास्थ्य विमा लगायत कार्यक्रम ल्याएको बताए । समाजमा रहेको समस्याको उठान गर्दै समाज सुधारमा पत्रकारको निकै महत्वपूर्ण योगदान रहने बताए ।
सम्मानित पत्रकार खड्काले वि.सं. २०६० सालदेखी र पत्रकार नहर्कीले वि.सं. २०५८ सालदेखी निरन्तर पत्रकारीता क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आईरहेका छन् । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आईतबार बसेको बैठकमार्फत खड्का र नहर्कीलाई सिफारिस गरेको थियो । सोही अनुसार समाजले नगद पाँच हजार रुपैयाँ सहित सम्मानपत्रल सम्मान गरेको थियो ।
तनहुँ समज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङको अध्यक्षतामा सम्पनन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष उज्जल पौडेल, उपाध्यक्ष धनपति अधिकारी, पर्व अध्यक्ष डम्बर अधिकारी, प्रदिप काफ्ले लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने महासंघका सचिव प्रताव रानाले कार्यक्रम संञ्चालन गरेका थिए ।