दुलेगौडा । सरकारी अनुदानबाट खादा, माला र मायाको चिनोमा धेरै रकम खर्च भएको भन्दै शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका औंपचारीक कार्यक्रममा खादा माला र अनावश्यक मायाको चिनो प्रयोग नगर्न आग्रह गर्दै सार्वजनिक अपिल गरेको छ।
सोमवार शुक्लागण्डकी नगरपालिकाका नगर प्रवक्ता सचिन भुजेलले एक विज्ञप्ती जारी गर्दै नगर कार्यपालिका, शाखा कार्यालय, वडा कार्यालय लगायत विद्यालयहरुले कार्यक्रम गर्दा आयातित खादा र माला प्रयोग गर्नमा रोक लगाएको हो । यस अघि नगरपालिकाबाट विनियोजित कार्यक्रममा समेत खादा, माला र मायाको चिनोको शिर्षकमा ठुलो रकम खर्च भएको पाईएकोले नगर सभाले गरेको निर्णयलाई शुक्रवार वसेको नगर कार्यपालिकाको १३८ औं बैठकले कार्यान्वयनका लागी प्रकृया अगाडी बढाएको हो ।