• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home कोरोना अपडेट

गण्डकीमा कोरोना संक्रमित घटे, जोखिम कायमै

Staff Reporter by Staff Reporter
August 30, 2021
in कोरोना अपडेट, स्थानीय समाचार
A A
0
गण्डकीमा कोरोना संक्रमित घटे, जोखिम कायमै
Share on FacebookShare on TwitterEmail this

पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एक महिनायताकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार मृत्यु हुनेमा स्याङ्जाका २ जना र कास्कीका एक जना छन् । यो संख्या साउन तेस्रो सातायताकै सबैभन्दा कम हो । यसअघि साउन १९ गते गण्डकीमा २ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता घटिरहेको मृत्युदर फेरि उकालो लागेको थियो भने संक्रमण दर पनि उच्च बनेको थियो । साउन १९ यता मात्रै गण्डकीमा १ सय ९० जना संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एक हजार २ सय ९३ पुगेको छ । पछिल्लो एक हप्तादेखि कोरोना संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । सोमबार प्रदेशभर १ सय ७० जनामा कोरोना संक्रमण देखिँदा ३ सय ३ जना संक्रमणमुक्त भएका छन् । आइतबार २३० जना संक्रमित थपिँदा ५ सय ४ जना संक्रमणमुक्त भएका थिए ।

संक्रमित निको हुने संख्या बढेसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । साउन अन्तिम साता ६ हजारसम्म पुगेका सक्रिय संक्रमित अहिले ३ हजार २ सयमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार कुल संक्रमितमध्ये २ हजार ९ सय होम आइसोलेसनमा छन् । अझै ३ सय ७१ जना अस्पतालमा उपचाररत छन् ।

साउनको अन्तिममा गण्डकीमा कोरोना संक्रमण दर सँगै मृत्युदर पनि उच्च बनेको थियो । उक्त समय एकैदिन १२ जनासम्म संक्रमितले ज्यान गुमाएका थिए । प्रदेशभरका कोरोना उपचार गर्ने अस्पतालका बेडहरु भरिएका थिए ।
संक्रमितको संख्या बढेपछि कास्की, बागलुङ लगायतका जिल्लामा निषेधाज्ञामा कडाइ गरिएको थियो । कोरोनाको दोस्रो लहरमामात्रै गण्डकीमा १ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । सोमबारसम्म कास्कीका मात्रै ५ सय ९५ जना संक्रमितले ज्यान गुमाका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.