काठमाण्डौ । ढोरेली सेवा समाज काठमाण्डौको १५औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिवार क्वालिटी क्याफे काठमाण्डौमा भएको अधिवेशनबाट शिव कुमारी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको अध्यक्ष श्री मधु सुदन सिग्देल ज्युको अध्यक्षतामा बसेको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्ब बन मन्त्री एबम प्रतिनिधि सभा सदस्य शंकर भण्डारी थिए भने बिशिष्ट अथितिमा सबिधान सभा सदस्य राम चन्द्र पोख्रेल र प्रदेश सभा सदस्य श्याम राजा महतको समेत उपस्थिति रहेको थियो । उक्त अधिवेशनबाट अध्यक्षमा शिब कुमारी महत कार्की, उपाध्यक्षमा चेत बहादुर रानाभाट (राजु), महासचिबमा धर्म दत्त अर्याल, सचिवमा लोकेन्द्र थापा, कोषाध्यक्षमा इश्वरी बस्नेत थापा र सदस्यरुमा माया राना थापा, निरज रेग्मि, ऋषि राम भन्डारी, रामचन्द्र महत,ओम प्रकाश गुरुङ्ग, पार्वती महत, शुसिला कार्कि अधिकारी, जमुना सिग्देल गौतम, टिका बहादुर अधिकारी, राधिका पियबदा अर्याल भट्टराई चयन भएका छन् ।
ढोरेली सेवा समाज काठमाण्डौ ढोर क्षेत्रबाट काठमाण्डौमा विभिन्न पेशा व्यवसाय गरी वस्ने व्यक्तीहरुको सामाजिक संस्था रहेको छ । यसले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको समितिका नव निर्वाचित महासचिव धर्मदत्त अर्यालले वताए । कार्यक्रममा ढोरेली सेवा समाज काठमान्डौको स्मारिका बिमोचन समेत गरीएको थियो ।