• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

सुर्य नेपालले पुरा गर्यो जि.पी.मा शव वाहनको आवश्यकता

Staff Reporter by Staff Reporter
August 30, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । राष्ट्रिय रुपमा श्वास प्रश्वास रोग लगाएत अन्य रोगको उपचार गर्ने बृहत उद्धेश्य सहित स्थापन भएको जिपी कोईरला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा अभाब रहेको शब वहान तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित सेराटारमा रहेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालिले शव वहान उपलब्ध गराए पछी हटेको छ । नेपालकै नमुना स्वास्थ केन्द्रको रुपमा बिकास गर्ने भनि स्थापना भएता पनि हालसम्म उक्त स्वास्थ्य संस्थामा शव वहान उपलब्ध थिएन । त्यसो त जिपीमा मात्रै होइन जिल्लामै शववाहन नहुदा शव व्यवस्थापनमा समास्याका साथै सेवाग्राहीले ठूलो रकम खर्च गर्नुपर्ने भएको जानकारीमा आए संगै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शववाहन उपलब्ध गराएको हो ।

सोमवार एक कार्यक्रमका बीच जिल्ला कोभिड व्यवस्थापन केन्द्र तनहुँका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई कारखाना व्यवस्थापक बाबुराम कार्कीले शववाहनको चाबी हस्तान्तरण गरे । लगत्तै अस्पतालका बोर्ड सदस्य समेत रहेका सीडीयो आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभरनै शववाहन नहुदा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि सुर्य नेपालसँग सहयोग माग भएबमोजिम हाल उपलब्ध भएको बताए । उक्त शववाहन तनहुँका १० वटै पालिकाहरुले उपयोग गर्न मिल्ने गरि संचालनमा ल्याइने समेत सो अवसरमा बताईएको थियो ।

अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्यले सबैको साथ र सहयोगले जिपीको स्तरोन्नती भइरहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनाली, कम्पनीका प्रतिनिधि गौतम यादब, अन्जन दुवाडी, हुमनाथ अर्याल लगायतको सहभागिता रहेको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. श्रेष्ठले शव वाहनले नियमित सेवा दिने बताए ।

सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको कारखाना व्यवस्थापक कार्कीले बताए । सूर्य नेपाल प्रा.लि.ले यसै बर्ष तनहुँ स्थित स्थानिय निकायको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख सहयोग गरेको थियो भने गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा रु. एक–एक करोड प्रदान गरेको थियो । कम्पनिले गत आ.ब. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्ध लड्न सहयोग गर्दै आईरहेको छ । शुक्लागण्डकीको सेराटारमा रहेको यस कम्पनीले आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध सहयोगबाट यस क्षेत्रका नागरिकले धेरै कुरामा सुबिधा प्राप्त गरेको कार्यक्रममा उपस्थित सहभागीले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.