दुलेगौडा । शुक्लागण्डकी नगरपालिका वडा नं ८ को कार्यालयले प्रविधीमैत्री सेवाको शुभारम्भ गरेको छ । असार ३ गतेबाट शुक्लागण्डकी नगरपालिका वडा नं ८ मा वेबमा आधारित दर्ता चलानी र सिफारिस व्यबस्थापन प्राणली सेवाको सुरुवात गरीएको हो ।
वडाध्यक्ष नारायण सिंह थापा सेवाको शुरुवात गर्दै सेवाग्राहीलाई छिटो, छरितो र प्रविधीमैत्री सेवा दिने उद्धेश्यले उक्त सेवाको सुरुवात गरिएको वताए । कोड् फयुजन टेक्नोलोजिज प्रा.लि. काठमाण्डौैको प्राविधिक सहयोग र शुक्लागण्डकी नगरपालिका वडा नं ८ को व्यबस्थापनमा यसै आ.व. देखी लागु हुने गरि सेवा शुरु गरीएको हो ।
प्रथम सेवाग्राहीका रुपमा वडा कार्यालबाट सेवा लिएका सेवाग्राही रवि के.सी ले जनतालाई सहज हुने गरि संचालनमा ल्याईएको सफ्टवयरबाट प्रदान हुने सेवाले काम छिटो छरितो रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सेवाले दिर्घकालसम्म निरन्तरता पाउनुपर्नेमा आफु आसावादी रहेको वताउनुभयो ।
उक्त अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नारायण सिंह थापाले आफु जनताले सहज तरिकाले सेवा पाउनुपर्छ भन्ने पक्षमा रहेको र प्रविधिको प्रयोग गरि दिईने सेवा छिटो, छरितो, प्रविधिमैत्री र दिर्घकालसम्म पनि रेकर्ड सहजै हेर्न सकिने भएकोले यस किसिमको सेवाको शुभारम्भ गरेको वताए ।
यस किसिमको सेवावाट नेपाल सरकार बाट मान्यताप्राप्त विभिन्न सिफारिस तथा प्रमाणितको नमुना ढाँचाको आधारमा आवश्यक व्यतिगत विवरणहरु संसोधन मात्रै गरेर छोटो समयमा सेवा दिन सकिन्छ भने सफ्टवयरवाट नै गरिएका सिफारिसहरुको दर्ता र चलानी हुने हुँदा सेवा प्रदान गरिएका सेवा, दर्ता चलानी नं हेर्न ढड्डा र फाईल पल्टाउनुपर्ने बाध्यता हटेको छ, जस्ले गर्दा समयको वचत भै धेरै सेवाग्राहीहरुको सेवा दिन सकिनेछ ।
वेबमा आधारित सिफारिस र दर्ता चलानीको सेवा सुरु भए सँगै वडावासीहरुले पाउने प्रविधिमैत्री सेवा सँगै शुक्लागण्डकी ८ मा डिजिटल नागरिक वडापत्र र डिजिटल डिस्प्ले वोर्ड जडान गरि सञ्चालनमा आईसकेको छ । जसमा सेवाग्राहीले कुन सेवा लिन आउँदा कुन कुन प्रकृया पुरा गर्नुपर्छ सवै कुरा आफै किवोर्डको सहायताले डिजिटल नागरिक वडापत्रमा हेरेर लिन सकिन्छ भने डिजिटल डिस्प्ले वोर्डको सहायताले वडा कार्यालयमा जनप्रतिनिधीको नाम सम्पर्क नं, कर्मचारीको नाम सम्पर्क नं, मिति, समय, तापक्रम मापनको साथै वडाले गरेको मुख्य मुख्य कार्यहरुको फोटो सार्वजनिक रुपमा नागरिकले हेर्न पाउने व्यवस्था मिलाईएको छ ।