दुलेगौँडा । तनहुँमा आईतबार (आज) ३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिकाका २ र भिमाद नगरपालिकाको १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको व्यास नगरपालिका—११ की ६४ बर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भदौ २ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत अवस्थामा रहेकी महिलाको आज विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसै गरी सोही नगरकै वडा नम्बर १ की ५५ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेज पोखरामा पोखरामा उपचारत अवस्थामा मृत्यु भएको हो ।
यसै गरि जिल्लाको भिमाद नगरपालिका–२ की ८० बर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । भदौ ७ गते कोरोना संक्रमण पुष्टि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत अवस्थामा राखिएको थियो । अस्पतालमा उपचारत अवस्थामा रहेकी महिलाको शनिबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जिल्लभरी ६४ जनाको पिसीआर र एन्टिजोन विधीबाट कोरोना परिक्षण गर्दा ११ जनालाई संक्रमणको पुष्टी भएको हो । यो संगै तनहुँ जिल्लामा हालसम्म ६ हजार ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने ६ हजार ६ जना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा २ सय ३१ ज्ना सक्रिय कोरोना संक्रमित बिरामी रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।