दुलेगौँडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ खैरेनी दुलेगौँडा सिटीले पोखरा महानगरपालिका–३३ तल्लो पुँडीटारकी ७२ बर्षिया उजेली थापा गोदारलाई ह्वील चियर वितरण गरेको छ । खुट्टा गुमाएकी र आखाँ समेत देख्न नसक्ने गोदारलाई यता–उता गर्न ,शौचालय जान सहज होस भन्ने हेतुले ह्वील चियर वितरण गरेको क्लबका अध्यक्ष फणिन्द्र पौडेल बताए ।
चारबर्षको बाल्यकालमै विफोर भन्ने रोगका कारण आँखाको ज्योति गुमाएकी थापाले २६ बर्षको बैँश उमेरमा दायाँ खुट्टा काटेर फाल्नु प¥यो । आँखा नदेख्ने भएपछि हिड्दा डुल्दा र काम गर्दा गोडा ठोकिदाँ ठोकिदै घाउ बढ्दै गएपछि क्यान्सर भएर खुट्टा नै काट्नु परेको थियो,उजेलीले । दायाँ खुट्टा गुमाएको केहि बर्षपछि बायाँ खुट्टा पनि लुलो भएर काम गर्न छाडेको उनी बताउँछिन् । गत साउन ४ गते उजेलीको दाँतको निःशुल्क उपचार गर्न घरमै पुगेका क्लबका अध्यक्ष एवं अन्नपुर्ण डेण्टलका संचालक फणिन्द्र पौडेललाई गोदारले ह्वील चियर आवश्वक परेको समस्या सुनाएकी थिइन् । सो क्रममा पौडेलले छिट्टै एउटा ह्वील चियरको व्यवस्था गरिदिने बचन दिएका थिए ।सोहि अनुसार पौडेल लायन्स तथा लियो क्लबका पदाधिकारीसहित ह्वील चियर लिएर गोदारको घर पुगेका हुन् ।
क्लबका सिनियर एओजी मोतिप्रसाद पौडेलले २००४ सालदेखि स्थापित यस क्लबले विभिन्न सामाजिक काम गर्दै आएको बताए ।उनले सहयोग आवश्यक परेकाहरुलाई सहयोग गर्नु र जीवनयापनमा सहयोग पु¥याउनु नै लायन्सको मन्त्र भएको बताउँदै मानवीय सेवाका कार्यलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा क्लबका सचिव शिव पौडेल, प्रस्तावित सदस्य राम लम्साल लगायतको उपस्थित रहेको थियो ।