दमौली । तनहुँमा निषेधाज्ञा थप गरि भदौको २१ गते समम पु¥याईएको छ । आइतबार (आज) जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै भदौ २१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्बाइएको हो ।
बन्द गरिएका सेवा तथा व्यवसाय बाहेक खोल्न अनुमति दिइएको सेवा तथा व्यवसाय बिहान ७ बजे देखि साँझ ६ बजेसम्म खोल्न दिइने निर्णय गरेको छ । साथै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार,दोहोरी नाचघर, सैलुन, हाटबजार, सभा, आमसभा लगायतका क्षेत्रमा मानिसहरुको जमघट हुने सबै प्रकारका कार्यक्रमहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
यदि कोही कसैले आदेशको पालना नगरेको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन संम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।