सुर्य नेपाल प्रा.लि. ले शुक्लागण्डकी नगरपालिकालाई दमकल हस्तानतरण गरेको छ । नगरपालिकाले नगर भित्र हुन सक्ने सम्भावित आगलागीको क्षति न्युनिकरण गर्नका लागि सुर्य नेपाल प्रा.लि. सँग अग्नि नियन्त्रक माग गरेको थियो । आईतवार सवै प्रक्रिया पुरा गरेर सुर्य नेपालले नगरपालिलकालाई दमकल सहित चावी हस्तानतरण गरेको हो ।
दमकल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका समेत सँग समन्वय गरेर सञ्चालनमा ल्याईने साथै दमकल सञ्चालनका लागि आवश्यक जनशक्ति र अन्य व्यवस्थापन शुक्लागण्डकी नगरपालिकाले गर्ने नगर प्रमुख कृष्णराज पण्डितले वताए । हन्तारतरण कार्यक्रममा सुर्य नेपाल प्रा.लि. का फ्याक्ट्री मेनेजर बावुराम कार्कीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएकाे दमकल बाट शुक्लागण्डकी नगरपालिका लगायत यस आसपासका क्षेत्रले उचित लाभलिन सक्ने बताए ।
कुल ६० लाख लागतको विएस भिआई भर्सनको उक्त दमकलकाे पानी भण्डारण क्षमता ४ हजार लिटर रहेकाे कम्पनीका एच.आर म्यानेज अञ्जन दुवाडीले बताए । हस्तानतरण कार्यक्रम पश्चात उक्त दमकलको नमुना परिक्षण समेत गरीएकाे थियाे ।
सूर्य नेपाल प्रा.लि.ले यस अघि पनि नगरपालिलका भित्र शिक्षा, स्वास्थ्य, पुर्वाधार निर्माण लगाएत विभिन्न क्षेत्रमा सहयोग गरेको छ ।