दुलेगौँडा । तनहुँको शुकलागण्डकी नगरपालिका—५ मा विश्वहिन्दु महासंघ गठन गरिएको छ । विश्व हिन्दु महासंघ शुकलागण्डकीको आयोजनामा भएको भेलाले बाबुराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा रिता भण्डारी, सचिवमा रमेश केसी, सहसचिवमा जमुना पौडेल र कोषाध्यक्षमा भगवति लामिछाने चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा चन्द्रकुमारी वि.क, लुनादेवी पौडेल, उदयराम अर्याल, झलक क्षेत्री, नौसरा थापा, अम्बिका लामिछाने, बसुन्धरा कार्की, धनबहादुर राना, बन्दना तिमिल्सिना, घनश्याम पौडेल, लक्ष्मण वि.क र धनेश्वर श्रेष्ठ चयन भएका छन् ।
महासंघ शुक्लागण्डकीका अध्यक्ष नारायण घिमिरेले वैदिक सनातन हिन्दु धर्मले सत्मार्गमा हिड्न,उपकार गर्न ,कुनै पनि प्राणीलाई दुःख नदिन ,आफ्नो धर्म नछाड्न नहुने जस्ता सन्देश दिएको बताए । साथै सवैको अस्तित्व स्वीकार गर्न हिन्दुधर्मले सिकाएको बताएका थिए ।
जगतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ समितिका पदाधिकारीहरुलाई विश्व हिन्दु महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष विवेक खनालले सपथ गखुवाए का थिए । साथै कार्यक्रममा नगर समितिका उपाध्यक्ष विजय लामिछाने ,सचिव पदमराज बराल लगायतले बोलेका थिए ।