दुलेगौँडा । तनहुँमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार संक्रमण पुष्टि हुनेहरुमा १५ जना महिला र १४ जना पुरुष रहेका छन् ।
जिल्लाभरी १ सय १६ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ५६ पुगेको छ भने ५ हजार ९ सय ६८ जना संक्रमाण् मुक्त भएका छन् । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६१ रहेको छ ।
तनहुँ जिल्ला सहित गण्डकी प्रदेशमा आज ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा ८० हजार ८ सय ७८ जना कोरोना संक्रमण पुष्टि भएको छ भने ७५ हजार ८ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । साथै प्रदेशभरी हाल ३ हजार ६ सय ९८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । आज गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा नवलपरासीका ५, कस्कीका ४ जना र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८४ पुगेको छ ।