दुलेगौडा । तनहुँको शुकलागण्डकी नगरपालिका—४ दुलेगौँडा स्थित खैरेनीटार हेल्थपोस्टमा एक दिने मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । अजय कुमार श्रेष्ठ एण्ड टिमको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा १ सय ५५ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
कोरोना महामारीको अवस्थामा मुटुरोगीहरु अस्पताल सम्म जान नसकेको अवस्थालाई मध्यनजर गरि निःशुल्क रुपमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर संञ्चालन गरेको नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी अजय कुमार श्रेष्ठले जानकारी दिए । साथै सोही कार्यक्रममा ६५ जनाको सुगर परिक्षण पनि गरिएको श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले वृक्षारोपण गरि कार्यक्रमको औपचारीक उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा मुटु रोग विशेषज्ञ डा सुदर्शन सुवेदी साथै डा.ईला थापा र डा.प्रतिक्षा आलेले विरामीहरुको स्वाथ्य परिक्षण तथा मुटुजाँच गरेका थिए ।
अजय कुमार श्रेष्ठ एण्ड टिमको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाका मेयर किसान गुरुङ, वडा नं. ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डक्री युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठ, युवा समाजसेवी युनिक लम्साल , सुजन लामिछाने, प्रज्वल गुरुङ, सुजन तिमिल्सिना, विवेक श्रेष्ठ, कञ्चना सेन्चुरी लगायतको उपस्थिती रहेको थियो ।