तालवेशी माध्यमिक विद्यालमा विद्यालयका नायक र सहनायक, कक्षा ६ देखि १० सम्मका सवै कक्षाका नायक, सहनायक , विद्यालयका विभिन्न क्लवहरुका पदाधिकारी एवम प्रतिनिधि विद्यार्थीहरु र विभिन्न सदनका नायक एवम् सहनायकहलाई क्षमता तथा नेतृत्व तालिम प्रदान गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ९ घारी तालवेसीमा रहेकाे उक्त विद्यालयमा विद्यार्थीहरुका लागि आयाेजनामा गरीएकाे नेतृत्व विकास तालिम उद्धघाटन गर्दै विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले तालिमले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्न सहयोग गर्ने बताए । तालिममा सहभागि विद्यार्थीहरुले आफुले सिकेको कुरा व्यवहारमा उतार्न सकिने भन्दै विद्यालयको अनुशासन , विहानी प्राथना तथा अतिरिक्त क्रियाकलापलाई सञ्चालन गर्न बल पुगेको बताए । विद्यालयका नायक अंकित थापाले विद्यालयले पछिल्लो पटक पठनपाठनका अतिरिक्त अन्य विद्यार्थीका चौतर्फि विकासका क्षेत्रमा समेत चासो दिएको प्रति विद्यालयलाई धन्यवाद दिए ।
सहनायक युविका राउतले विद्यालय कुनै पनि सवालमा कमजोर नरहेको भन्दै आफ्नो क्षमता र कुशलताले हरेक विद्यार्थीले प्रगति गरिरहेको बताईन् । कुशल विद्यार्थीका दश गुणहरुका वारेमा प्रष्ट्याउँदै शिक्षक कल्पना अधिकारीले विद्यार्थीको चौतर्फि विकासमा जोड दिनुभयो । विद्यार्थीका पहिलो भगवान भनेका घरका आमा बाबु भएको बताउँदै शिक्षक राधा पाठकले विद्यार्थीलाई नैतिकवान बन्न प्रेरित गरिन् भने शिक्षक सुवास चापागाईले विद्यार्थीलाई विद्यार्थीले विहानी प्राथना तथा राष्ट्रिय गान गाउँदा अपनाउनुपर्ने नियम र सिद्धान्तका बारेमा अभ्यास गरेर देखाए । विद्यालयका अतिरित्त क्रियाकलापका संयोजक शिक्षक दामोदर रेग्मीले आफु सफल हुन अपनाउनुपर्ने लक्ष्य निर्धारण तरिका , अशल नेतृत्वका गुणहरु र विद्यार्थीले भविष्य सफल बनाउनका लागि अहिले नै गर्नुपर्ने कदमका बारेमा सहजिकरण गरेका थिए ।
तालिम पश्चात कक्षागत विभिन्न समुहमा वनाएर कार्यशाला समेत गरिएको थियो ।