दुलेगौडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का ३३ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारत अवस्थामा राखिएको थियो । उपचारत अवस्थामा रहेका उक्त पुरुषको आज विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । यो संगै तनहुँ जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३३ पुगेको छ ।
यसै गरि आज जिल्लाभर १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य ८ जना महिला र ४ जना पुरुष रहेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्लाभरी ७० जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गर्दा १२ जनामा संक्रमाण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ६४ जना पुगेको छ भने । ६ हजार ८ जना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा २ सय २३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।