दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडादेखि लिलाचोक सम्माको सडख खण्डको निर्माणको लागि शिलन्यास भएको छ । सोमबार शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले शिलन्यास गरेका हुन् ।
विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको हालसम्मकै ठुलो योजना दुलेगौंडा लामागाउ मोटर मार्ग अन्तर्गत दुलेगौंडा–लिलाचोक खण्डको सडक निर्मााण हुन लागेको हो ।
बानियाँ निर्माण सेवा, हेटौंडाले सडक निर्माण कार्य अगाडी बढाउने छ । आयोजनाको कुल लागत २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँ रहेको छ । दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ। ७.१ किलोमिटर लम्बाई रहने सडकको चौडाइ दश मिटरको रहनेछ। यहाँ ५.५ मिटर कालोपत्रे, कालोपत्रको दुवै छेउमा एक/एक मिटरको नाला निर्माण हुने छ ।
शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ। कच्ची सडकका कारण हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ।