दुलेगौँडा । तनहुँमा आज १ कोारेना संक्रमितको मृत्यु भएके छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ का ३९ बर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण तथा सरुवा रोग अस्पताल, पोखरामा उपचारत अवस्थामा रहेका थिए । सोही दिननै उपचारको क्रममा उनको मृत्यु भएको निर्देशनालय गण्डकीले जनाएको छ ।
यसै गरी आज जिल्लामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १८ जना महिला र ११ जना पुरुष रहेको निर्देशनालय पोखराको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्लाभरी ८२ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएके हो । यो संगौ जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या६ हजार ४ सय ५१ ज्ना पुगेको छ भने ५ हजार ९ सय ८० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
अहिले जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ३९ रहेको छ ।