दुलेगौँडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ प्रिन्ट रगत संकलन भएको छ । पछिल्लो समय कोरोना माहामारीका कारण अस्पतालहरुमा रगतको अभाव कम गर्नका लागि रक्तदान कार्यक्रम संञ्चालन गरिएको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले बताए ।
रगतको अभावमा कुनै पनि मानवीय दुर्घट्ना नहोस् भनेर कार्यक्रम गरिएको अध्यक्ष रानाले बताए । साथै सोही कार्यक्रममा ८५ जनाको निःशुल्क मधुमेहको जाँच समेत गराएका बताए ।
प्रतिकुल समयमा पनि रक्तदान कार्यक्रम आयोजना गरेको हुदाँ लायसले गरेको कार्य उत्कृष्ट रहेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए । ‘रक्तदान गर्नु भनेको कसैको जीवन बचाउनु हो ।’ उनले भने ।
क्लबका अध्यक्ष विष्णुबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका ब्लड डोनेशन विभाग प्रमुख महेश बस्नेत,क्लबका पुर्व अध्यक्ष तथा वडा नं–५ का वडाध्यक्ष दीर्घबहादुर थापा,कलष्टर चिफ सन्तोष घिमिरे, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ,जिएलटी कोर्डिनेटर सुजित हिराचन,रिचन चियर पर्सन प्रदिप थापा,जोन चियरर पर्सन बरदान क्षेत्री,डिष्ट्रिक चियर पर्सन सुजन कुमार श्रेष्ठ ,ब्रह्माकुमारी रश्मी खड्का ,लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटीका अध्यक्ष फणिन्द्र पौडेल,महिला उद्यमी बसन्ता श्रेष्ठ ,लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष दीपेन्द्र थापा,लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष पिताम्बर तिमिलिसना ,क्षितिज थापा लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक देवीभक्त रानाको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सचिव जीवन भट्टराईले गरेका थिए ।