दुलेगौँडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका—८ डहरेकी १३ बर्षिया सिम्पल श्रेष्ठले भने मानवीय सेवा गरी फरक तरिकाले जन्मदिन मनाएकी छिन् । मंगलबार १३ औँ जन्मदिन मनाउने खर्च विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगबाट ग्रसित शुक्लागण्डकी ५ गल्छिनाका नौ महिने उस्मान अलीको उपचारका लागि सहयोग गरेकी छिन् ।
विगतका बर्षहरुमा साथिहरुका बिच केक काटेर जन्मदिन मनाउदै आएकी श्रेष्ठले यस पटक उस्मानको उपचारको लागि सहयोग गरेकी छिन् । उनले आज ६ हजार ६ सय ६६ रुपैयाँ उस्मानका हजुरवुवा हाजी साफीउल्लाह मियाँलाई हस्तान्तरण गरेकी थिइन् ।
सिम्पल जीवजुना मेमोरियल बोडिङ्ग स्कुल लहरेपिपलमा कक्षा ६ मा पढ्छिन् । रकम ग्रहण गर्दै मियाँले सवैको सहयोगबाट उस्मान निको हुने विश्वास व्यक्त गर्दै सिम्पललाई जन्मदिनको शुभकामना दिए । उस्मानको उपचारका लागि २६ करोड लाग्ने भएकाले परिवारले सवैसंग सहयोगको अपिल गरेको छ ।
