दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आ.ब. २०८०/८१ को नीति तथा कार्यक्रम अनुसार गर्भवती महिलाहरुकाे भिडियो एक्सरे र महिलाहरुकाे पाठेघरकाे क्यान्सरकाे प्रारम्भिक जाँच कार्यक्रम नियमित गरे संगै महिलाहरु स्वास्थ्य प्रति सचेत भएको पाइएको छ ।
शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ढाल बहादुर थापाका अनुसार हरेक ग्रामिण स्वास्थ्य केन्द्रहरुलाई प्राथमिकतामा राखेर सन्चालन गरिएका गर्भवती महिलाहरुकाे भिडियो एक्सरे एवं महिलाहरुकाे पाठेघरकाे क्यान्सरकाे प्रारम्भिक जाँच कार्यक्रमकाे निरन्तर चलिरहेको छ । उक्त कार्यक्रमकबाट हालसम्म ४३ जनाले भिडियो एक्सरे सेवा र २७४ जनाले VIA जाँच गरिएकोमा ६ जना सेवाग्राहिलाई थप परिक्षणका लागि अन्यन्त्र रिफर गरिएको छ ।
नगरपालिकाले आगामी चैत्र २६ गते वडा न १० मा रहेको ज्याङलादी शहरी स्वास्थ्य सेवा केन्द्रबाट उपलब्ध गराउने समेत स्वास्थ्य शाखा प्रमुख थापाले बताए।