दमौली । तनहुँ जिल्लामा आज थप ३४ जनामा कोरोना संक्रमाण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश जारी गरेको विज्ञप्ती अनुसार १७÷१७ जना महिला र पुरुष रहेका छन् ।
जिल्लाका ८६ जनाको एन्टिजेन र पिसिआर परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ५१ पुगेको छ । साथै हालसम्म जिल्लाका ५ हजार ८ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले तनहुँ जिल्लामा सक्रिया कोरोना संक्रमितको संख्या २ सय ५१ रहेको छ ।