हरि खरेल/दुलेगौडा । विश्वकै दुर्लभ रोग इस्पाइनल मस्कुलर एट्रोपी (एसएमए) बाट ग्रसित ९ महिने बालक उस्मान अलीको उपचारका लागि आर्थिक सहयोगहरु जुट्न थालेको छ । आज(शनिबार) शुक्लागण्डकी युनेस्को केन्द्रले पनि अलीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । युनेस्को केन्द्रका सदस्यहरु र केही सामाजिक व्यक्तित्वहरुको सहयोगबाट प्राप्त १५ हजार २६ रुपौया उस्मानकी हजुरआमा सहिदुन निशा मिहालाई युनेस्को केन्द्रका सदस्यहरुले घरमै पुगेर प्रदान गरेका थिए ।
आपत परेको बेला एक व्यक्तिले अर्काे व्यक्तिलाई सहयोग गर्नु मानिसको धर्म रहेको युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठले बताए । “भजन गाउने ओठ भन्दा सेवा गर्ने हात महान हुन्छ भन्ने मुल नाराका साथ आज हामी युनेस्को केन्द्रका साथीहरू एकजुट भएर बाबु उस्मानको जीवन रक्षाको लागि सानो सहयोग रकम लिएर आएको छौ ।” अध्यक्ष श्रेष्ठले भने, “ यो घाटक रोगको उपचार खर्च २५ करोड लागत लाग्ने भएकाले बाबु उस्मानको जीवन रक्षाको निम्ती म लगायत युनेस्को केन्द्रको टिमले यहाँ बाट नै विभिन्न सामाजिक संघ संस्थाहरू लगायत समाजसेवीहरूलाई सहयोगको लागि अपिल गर्दछौ ।”
पारिवारीक स्रोतका अनुसार अलीको उपचारका लागि करिब २६ करोड रुपैयाँ लाग्ने बताएको छ । जुन सामान्य नेपालीको पहुँच भन्दा बाहिर रहेकाले सहयोगका अपिल गरेको छ । यो रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । साथै यो औषधि विश्वकै महँगो औषधि मा पर्ने हुदाँ सहयोगको लागि अपिल गरेको हो । पारिवारीक स्रोतका अनुसार उस्मान अलीको उपचारको लागि हालसम्म २३ लाख रुपैयाँ बढी संकलन भएको छ ।