म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणदी स्थित बाघटारीमा बाघको मुर्ति बनाईएको छ । वाराही सामुदायिक वन क्षेत्रभित्र ठाउँ अनुसार नै बाघको मुर्ति निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले जानकारी दिए ।
वन कार्यालयका प्रमुख काफ्लेका अनुसार कार्यालयको पाँच लाख रुपौयाँ सामुदायिक वनको १० प्रतिशत श्रमदान अर्थात ५० हजार गरि ५ लाख ५० हजार रुपौयामा उक्त संरचना निर्माण गरिएको हो । “ठाउँ नै बाघटार भएकाले बाघको मुर्ति बनाईएको हो ।” उनले भने, “यसले गर्दा पर्यटकहरुको पनि गन्तव्य स्थानको रुपमा विकास हुने र स्थानिय ठाउँको पनि पहिचान रहने हुदाँ मुर्ति राखीएको हो ।”
अहिले उक्त ठाउँमा परम्परागत शैलिमा बासँद्धारा निर्मित कटेज, ढुङ्गा माटोद्धारा निर्मित प्रवेश द्धार, फुलबारी लगायतको संरचना निर्मााण भएको अध्यक्ष काफ्लेले जानकारी दिए । सहरिया जिवन विताईरहेका व्यक्तिहरुको लागि मनोरञ्जनको लागि गन्तव्य स्थान समेत बन्न सक्ने उनको भनाई छ । साथै स्थनियहरु पनि विहानको समय मर्निङ्ग वार्कको लागि उक्त क्षेत्र सम्म पुगेर फर्कीने गरेको बताए । बाघटारमा राखीएको मुर्ति १ लाख ८० हजार बराबरको रहेको वन कार्यालय तनहुँले जनाएको छ ।