दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको वडा नं ११ साँखेमा रहेको नगर अस्पतालमा फागुन १५ गते निशुल्क आँखा शिबिर संचालन हुने भएको छ ।
हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राबिधिक सहयोगमा आउदो फागुन १५ गते मंगलवार नि:शुल्क आँखा शिबिर आयोजना गरिन लागिएको अस्पतालका मेडिकल अफिसर डा. बिज्ञान क्षेत्रीले बताए । उक्त शिबिरमा आँखा सम्बन्धी ओ पी डी सेवा, आवश्यक औषधी उपलब्ध गराईनुको साथै थप अन्य सल्यक्रिया र मोतिबिन्दुको उपचार गर्नु पर्ने बिरामीका लागी हिमालय अस्पताल पोखरामा लगी नि:शुल्क सेवा दिने समेत बताईएको छ ।
शुक्लागण्डकी नगरपालिकाको ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालमा स्याङ्गजा जिल्लाको हरिनास र बिरुवा गाउपालिकाका नागरिक समेतले सेवा लिन सहज भएको छ । अस्पतालले २४ घण्टा सेवा शुरु गर्नुका साथै मेडिकल अफिसर डा. बिज्ञान क्षेत्रीको आगमन संगै सेवाग्राहीको संख्यामा उलेख्य वृद्धि भएको छ । अस्पताललाई थप ब्यबस्थित बनाउदै लैजानुको साथै भिडियो एक्सरे सेवा समेत चाडो शुरु गरिने उनले बताए । हास अस्पतालमा नियमित ओपिडी सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा संचालनमा रहेको छ ।