दुलेगौंडा, शुक्लागण्डकी उद्यमशिल महिला समुहको अधिबेशनल आमामी ३ बर्षका लागि शान्ती भण्डारीको अध्यक्षमता नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शुक्रबार दुलेगौंडामा सम्पन्न समुहको तेस्रो साधारण सभा एवं प्रथम अधिवेशन बाट शान्ति भण्डारीको नेतृत्वमा नयाँ समिति चयन भएको हो । १७ जना पदाधिकारी रहेको नव निर्वाचित समितिको अपाध्यक्षमा निरु क्षेत्र, सचिवमा सरिता गर्तौला र कोषाध्यक्षमा श्रीमाया गुरुङ निर्वाचित भएका छन् ।
शुक्लागण्डकी नगरपािलका भित्र रहेका महिला उद्यमिहरुकौ व्यवसायिक क्षमता अभिबृद्धि गरी सामुहिक गतिविधि सञ्चालन गर्ने उद्धेश्यका साथ स्थापना भएको यस संस्थाले सामुहिक लगानीमा व्यवसाय समेत सञ्चालन गर्नुका साथै महिला उद्यमीहरुको क्षमता विकास लगायत विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । हाल संस्थामा हाल ५७ जना सदस्य रहेको समितिका सदस्य शर्मिला श्रेष्ठले बताईन ।