दुलेगौडा । तनहुँमा आज (शुक्रबार) थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा १८ महिला र १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाभरीमा ८४ जनाको एन्टिजेन तथा पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार एक सय ६५ पुगेको छ भने ५ हजार ५ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा ४ सय ६१ सक्रिय कोरोना संक्रमित रहेका छन् । साथै जिल्लामा हालसम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संखया १ सय २३ पुगेको छ ।