दुलेगौँडा । जिल्लाको व्यास नगरपालिका–४ का ३५ बर्षिय कोरोना संक्रमित पुरुषलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । संक्रमण पुष्टि भएपछि घरमै आराम गरेर बसेका ३५ बर्षीय पुरुषको स्वास्थ्य समस्या जटिल हुदै गएपछि आज विहान जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र ल्याईएको थियो । अस्पतालमा चेकजाँचको क्रममा अक्सिजनको मात्रा कमी भएको र निमोनिया समेत देखिएको हुदाँ उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौँ पु¥याईएको हो ।
अस्पतालका कोभिड फोकल पर्सन प्रदीप पौडेलका अनुसार कोरोना संक्रमित पुरुषलाई विहान १० बजे आएको हेलिकप्टरले विरामीलाई काठकाण्डौँमा पु¥याएको थियो । “उहाँमा अक्सिजन डाउन थियो ,निमोनिया पनि छ ,परिवारले सिधै काठमाण्डौँ लैजाने चाहाना राख्नुभयो ।” कोभिड फोकल पर्सन पौडेलले भने– “अस्पतालमा राख्दा पनि स्वाथ्यमा जटिलता नै थियो, डाक्टर साबले पनि त्यहि अनुसार रेफर गरिदिनुभयो ।”