हरि खरेल/दुलेगौडा । तनहुँ जिल्लामा आज (बुधबार) २ जना कोारेना संक्रममितको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ का ५२ बर्षीय पुरुष र व्यास नगरपालिकाका–७ का ७० बर्षीय वृद्ध व्यक्तिको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
शुक्लागण्डकीका–७ का पुरुषमा गत साउन १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भए संगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचारको क्रममा मृत्यु भएको हो । यसै गरि व्यासका ७० बर्षीय वृद्ध व्यक्ति साउनको ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारत अवस्थामा रहेका वृद्धको आज मृत्यु भएको निर्देशनालयको जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ ।
यसै गरि जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १२ जना महिला र १२ जना महिला र १४ जना पुरुष रहेका छन् । जिल्लामा ९७ जनाको एन्टिजेन तथा पििसआर परिक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ९२ जना पुगेको ५ भने ५ हजार ५ सय ५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ४ सय १९ रहेको छ ।