दुलेगौंडा । विश्वमै दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी नामक रोगबाट ग्रसित ९ महिने मोहम्मद उस्मान अलिको उपचारका लागि शुक्लागण्डकी–४, शुक्ला टोल (दुलेगौँडा)ले आर्थिक सहयोग गरेको छ ।
शुक्ला टोलमा रहेका ६२ घरधुरीबाट संकलन भएको ६३ हजार ५० रुपैयाँ उस्मानको दिदीलाई हस्तान्तरण गरिएको आमा समुहकी उपाध्यक्ष मिना बसौलाले जानकारी दिईन । साथै आपत परेको वेला सहयोग गर्नु सबै नागरीकको कर्तव्य रहेको हुदाँ अन्य टोल तथा संघसंस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरिन् ।
पारिवारीक स्रोतका अनुसार अलीको उपचारका लागि करिब २६ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । जुन सामान्य नेपालीको पहुँच भन्दा बाहिर रहेकाले सहयोगका अपिल गरेको हो । यो रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । साथै यो औषधि विश्वकै महँगो औषधि मा पर्ने हुदाँ सहयोगको लागि अपिल गरेको हो ।