• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्तर्राष्ट्रिय

आज अन्तराष्ट्रिय युवा दिवस, के भन्छन् त युवाहरु ?(भिडियो सहित)

Staff Reporter Staff Reporter
August 12, 2021
- अन्तर्राष्ट्रिय, स्थानीय समाचार
A A
0
आज अन्तराष्ट्रिय युवा दिवस, के भन्छन् त युवाहरु ?(भिडियो सहित)
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौडा । व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वकै विकासमा युवाहरुको भुमिका दर्शाउदै आज अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । युवाको आवाजलाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखी हरेक बर्ष अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउन सुरु गरेको थियो । वर्तमान समयमा युवाहरुको आवश्यकता के छ ?, राजनितिक रुपमा यवाहरु निणायक तहमा किन पुग्न सकेको छैन् ?अबका युवा के चाहान्छन् ?युवाहरु विदेश पलायन किन भईरहेका छन् ?र,समग्र देशको विकासमा युवाको भुमिका किन हुन सकेन ?यस बिषयमा के भन्छन् त, युवाहरु ।

देशमा राजनीतिक अस्थिरता र योग्यता अनुसारको काम नहुदाँ युवा बेरोजगारीको संख्या बढ्यो–राष्ट्रिय युवा संघ नेपाल, शुक्लागण्डकी नगर समिति अध्यक्ष सुरेन्द्र तामाङ

देशमा राजनीतिक अस्थिरता र रोजगारीको अवसर नहुदाँ पछिल्लो समय युवाहरु बढी मात्रा विदेश पलायन भएको राष्ट्रिय युवा संघ नेपाल,शुक्लागण्डकी नगर समिति अध्यक्ष सुरेन्द्र तामाङले बताए । “व्यक्तिको दक्षता र योग्यता अनुसारको काम नभएको हुदाँ युवाहरुमा निरासा छाएको छ,त्यहि भएर युवाहरु विदेशीएका हुन्”–अध्यक्ष तामाङले भने । साथै तामाङले युवाहरुमा राजनीतिक ज्ञानको कमी हुदाँ राजनीतिक क्षेत्रमा युवाहरुको भुमिका न्यून रहेको बताए । राजनीतिक दलहरुले पनि युवाहरुलाई अगाडी बढाउनुपर्छ भनेर कुरा उठाएता पनि व्यवहारमा नउतारेको हुदाँ युवाहरु पछि परेको उनको भनाई छ ।“पार्टीले सधै युवाहरुलाई झण्डा मात्र बोकाएर हिडाउन गर्दा र युवाहरुमा पनि राजनीतिक ज्ञानको अभाव भएकाले पछि परेको हो ।” उनले भने ।

अब युवाहरुलाई देशमा नै बसेर काम गर्ने वातावरण सिर्जना हुनुपर्छ– युनेस्को केन्द्र उपाध्यक्ष आकृति गुरुङ

सरकारले वैदेशिक रुपमा पलायन भएका नेपाली युवाहरुलाई देशमा नै बसेर काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने शुक्लागण्डकी युनेस्को केन्द्रकी उपाध्यक्ष आकृति गुरुङले जोड दिइन् ।यसका लागि सरकारले पुराना नीति नियमहरुलाई संसोधन गरि नयाँ नीति नियम ल्याएर कार्यन्वयन गर्नुपर्ने गुरुङले बताईन् ।“देशमा नै पेशा तथा व्यवसाय गर्न चाहाना रहेका युवाहरुलाई सरकारले सर्वसुलभ र सहज तरिकाले ऋणको व्यवस्था गरिदिनुप¥र्याे ।” उनले भनिन्, “सरकारले युवाहरुलाई लक्षित गरि ल्याएका बजेटहरु लक्षित वर्गमा नपुगी गैर लक्षित वर्गको पहुँचमा पुग्ने प्रथा हटाउन प¥र्याे ।”

नेतृत्व तहले बुझन् नसक्दाँ युवाहरु निर्णायक तहमा पुग्न सकेनन्–शुक्लागण्डकी युवा क्लब अध्यक्ष युवराज भट्टराई


पछिल्लो समय युवाहरु राजनीतिमा सक्रिय रहेता पनि पार्टीको नेतृत्व तहले बुझन नसक्दाँ युवाहरु नेतृत्व तहमा पुग्न नसकेको शुक्लागण्डकी युवा क्लब अध्यक्ष युवराज भट्टराई बताए । पछिल्लो समय देशमा युवाहरुको अवश्यकता रहेको कुराहरु आईरहेको हुदाँ केही समयपछि अवश्यपनि युवाहरु नेतृत्व तहमा आउने बताए । “युवा नेतृत्वहरु राजनीतिमा आउन नचाहेका पनि होईनन्, आउने कोशिस पनि गरिरहनु भएको छ ।” उनले भने, “नेतृत्व गर्ने कुरामा चाही उमेरको हिसाबले र परिपक्वताको हसिाबले पाका खालका नेताहरुले नै देश चलाएको देखिएको अवस्था पनि हो, तर अपेक्षा गरे अनुसारको रिर्जल्ट चाही नआएकै हो ।”

युवाहरुका सीप र क्षमतालाई व्यवहारमा ल्याउने वातावरण सिर्जना होस् –युवा क्लबब अध्यक्ष रुविना गुरुङ

युवाहरुरुमा विभिन्न ज्ञान, सिप, दक्षता रहेता पनि प्रस्तुत गर्ने माध्यम नहुदाँ युवाहरु पछि परेको फिरफिरे युवा क्लबकी अध्यक्ष रुविना गुरुङले बताईन् । नेताहरुले युवाहरुको लागि विभिन्न योजना बनाई गर्छु भनेको तर हुन नसकेको उनको भनाई छ । “युवाहरुमा क्षमता हुदाँ हुदै पनि त्यसलाई प्रस्तुत गर्न सकेका छैनउ” उनले भनिन्, “यसका लागि नेता ज्यूहरुले पनि विशेष ध्यान दिनुपर्छ ।

युवाहरु पुराना नेताहरुलाई अगाडी बढाउने नाममा भ¥याङ्ग मात्र बने– नेवि संघ अध्यक्ष चुडामणि खनाल


पछिल्लो समय युवाहरु आत्मविश्वासको साथ अगाडी बढ्न नसक्दा पछि परेको नेपाल विद्यार्थी युनियन तनहुँका अध्यक्ष चुडामणि खनालले बताए । उनले नाम मात्रैका युवा भएर पुराना नेताहरुलाई अगाडी बढाउन भ¥याङ्गको काम गरेको हुदाँ युवाहरु नेतृत्व तहमा पुग्न नसकेको बताउँछन् । “देशमा युवाहरुले परिवर्तन त गरे तर परिर्वतनको नेतृत्व लिएर आफैले नै देशलाई हाक्नुपर्ने हो तर त्यो अवस्था आएको छैन” उनले भने, “अहिले यो देशको विकास गर्नका लागि उत्तम अवस्था यही नै हो, अब १५/२० बर्षसम्म नेपालले धेरै परिर्वतन गर्न सक्छ तर त्यहा नेतृत्वदायि भुमिकामा युवाहरु हुनुप¥र्याे ” ।

यो भिडियो पनि हेर्नुहोस ।

https://www.youtube.com/watch?v=NVTzbiWppcM&t=8s

👉 अन्य सम्बन्धित खबरहरु

स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख
स्थानीय समाचार

जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख

April 26, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.