• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

लक्षित बर्ग सबैले पाएनन् कोरोना विरुद्धको खोप

Staff Reporter by Staff Reporter
July 16, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

खोप केन्द्रमा गएर निरास हुदै फर्किदै नागरिक

हरि खरेल/दुलेगौडा ।

सरकारले ५५ बर्ष माथिका उमेर समूहका नागरिक साथै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सञ्चारकर्मी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई कोरोना विरुद्धको खोप उपल्ब गराउने भनिएको थियो ।

सरकारले सुचना जारी गरेर नागरिकलाई जानकारी गराएता पनि आवश्यक खोप नपठाउँदा नागरिकले सास्ती खेप्नु परेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए । शुक्लागण्डकीमा तीन हजार भाईल खोप आवश्यक परेकता पनि हजार पाँच भाईल मात्र खोप प्राप्त हुदाँ लक्षित वर्गमा खोप पुर्याउन नसकेको शाखा प्रमुख श्रीबास्तबले जानकारी दिए । “राज्यले खोप उपल्बध गराउछौ भनि सुचना जारि गर्ने तर आवश्यक अनुसार खोप उपलब्ध नगराउदा यो समस्या सिर्जना भएको हो ।” उनले भने ।

यसै गरि भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुराज बरालका अनुसार सरकारले लक्षित बर्ग धेरै तोकेको तर खोप थोरै पठाउदाँ सबैलाई खोप पुर्याउन नसकेको बताए । बिषेश गरेर भिमाद नगरपालिकामा ४ हजार भाईल खोप आवश्यक परेता पनि २२ सय खोप भन्दा उपलब्ध हुन नसकेको बरालले जानकारी दिए । लक्षित वर्गको लागि खोप पुर्याउन नसक्दा केही विभाद पनि सिर्जना भएको बताए । “जनताहरु रिसाउनु पनि स्वभाविक हो, किनभने चर्का घाममा उभिएर पालो पर्खनु परेको छ, झ त्याही माथि खोप छैन भन्दा जस्लाई पनि रिस उठ्छ ।”उनले भने ।

यता रिसिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकबहादुर थापाले आफुहरुले भनेको अनुपातमा खोप प्राप्त नभएको बताए । गाउँपालिकाको स्थिती हेरी १२ सय खोप माग गरेता पनि ८ सय ५० खोप मात्र उपल्बध भएको बताए । प्रमुख थापाका अनुसार सबै लक्षित वर्गका व्यक्तिहरु खोप लगाउन आएमा पुर्याउन नसकिने बताए ।

आवश्यक खोपको पूर्ति नहुँदा लक्षित वर्गमा खोप पुर्याउन नसकेको व्यस नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । व्यास नगरपालिकालाई १० हजार डोज खोप आवश्यक परेता पनि ५ हजार डोज मात्र खोप प्राप्त हुदाँ सबैलाई खोप प्रदान गर्न समस्या भएको बताए । साथै यस समयमा सरकारले पनि ठुलो समुहमा खोप उपल्बध गराएकाले खोप वितरण गर्न पनि निकै समस्या आएको बताए । यसै गरि घिरिङ गाउँपालिकामा पनि खोप पर्याप्त मात्रामा नहुँदा खोप पाउने लक्षित वर्गले आक्रोस व्यक्त गरेको स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए । गाउँपालीकाको लागि ९ सय खोप आवश्यक परेकोमा ८ सय मात्र खोप उपल्बध भएको बताए ।

यता जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार लक्षित वर्ग बाहेकका व्यक्तिहरुले पनि खोप लगाउदा खोप नपुगेको बताए । जिल्लामा २८ हजार खोप आवश्यक परेता पनि २१ हजार भाईल खोप मात्र प्राप्त हुदाँ पनि यस्तो समस्या आएको उनको भनाई छ । “ एकातिर खोप लगाउदा लक्षित बर्ग बाहेकका व्यक्तिहरुले पनि लगाउने र अर्कोतिर सरकारबाटै खोप कम आएको हुदाँ यस्तो समस्या देखिएको हो ।” उनले भने, “अब खोप लगाउन बाकी नागरिकलाई अर्को चरणको खोपमा समावेश गरिनेछ ।”

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.