खोप केन्द्रमा गएर निरास हुदै फर्किदै नागरिक
हरि खरेल/दुलेगौडा ।
सरकारले ५५ बर्ष माथिका उमेर समूहका नागरिक साथै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सञ्चारकर्मी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई कोरोना विरुद्धको खोप उपल्ब गराउने भनिएको थियो ।
सरकारले सुचना जारी गरेर नागरिकलाई जानकारी गराएता पनि आवश्यक खोप नपठाउँदा नागरिकले सास्ती खेप्नु परेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए । शुक्लागण्डकीमा तीन हजार भाईल खोप आवश्यक परेकता पनि हजार पाँच भाईल मात्र खोप प्राप्त हुदाँ लक्षित वर्गमा खोप पुर्याउन नसकेको शाखा प्रमुख श्रीबास्तबले जानकारी दिए । “राज्यले खोप उपल्बध गराउछौ भनि सुचना जारि गर्ने तर आवश्यक अनुसार खोप उपलब्ध नगराउदा यो समस्या सिर्जना भएको हो ।” उनले भने ।
यसै गरि भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुराज बरालका अनुसार सरकारले लक्षित बर्ग धेरै तोकेको तर खोप थोरै पठाउदाँ सबैलाई खोप पुर्याउन नसकेको बताए । बिषेश गरेर भिमाद नगरपालिकामा ४ हजार भाईल खोप आवश्यक परेता पनि २२ सय खोप भन्दा उपलब्ध हुन नसकेको बरालले जानकारी दिए । लक्षित वर्गको लागि खोप पुर्याउन नसक्दा केही विभाद पनि सिर्जना भएको बताए । “जनताहरु रिसाउनु पनि स्वभाविक हो, किनभने चर्का घाममा उभिएर पालो पर्खनु परेको छ, झ त्याही माथि खोप छैन भन्दा जस्लाई पनि रिस उठ्छ ।”उनले भने ।
यता रिसिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकबहादुर थापाले आफुहरुले भनेको अनुपातमा खोप प्राप्त नभएको बताए । गाउँपालिकाको स्थिती हेरी १२ सय खोप माग गरेता पनि ८ सय ५० खोप मात्र उपल्बध भएको बताए । प्रमुख थापाका अनुसार सबै लक्षित वर्गका व्यक्तिहरु खोप लगाउन आएमा पुर्याउन नसकिने बताए ।
आवश्यक खोपको पूर्ति नहुँदा लक्षित वर्गमा खोप पुर्याउन नसकेको व्यस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । व्यास नगरपालिकालाई १० हजार डोज खोप आवश्यक परेता पनि ५ हजार डोज मात्र खोप प्राप्त हुदाँ सबैलाई खोप प्रदान गर्न समस्या भएको बताए । साथै यस समयमा सरकारले पनि ठुलो समुहमा खोप उपल्बध गराएकाले खोप वितरण गर्न पनि निकै समस्या आएको बताए । यसै गरि घिरिङ गाउँपालिकामा पनि खोप पर्याप्त मात्रामा नहुँदा खोप पाउने लक्षित वर्गले आक्रोस व्यक्त गरेको स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए । गाउँपालीकाको लागि ९ सय खोप आवश्यक परेकोमा ८ सय मात्र खोप उपल्बध भएको बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार लक्षित वर्ग बाहेकका व्यक्तिहरुले पनि खोप लगाउदा खोप नपुगेको बताए । जिल्लामा २८ हजार खोप आवश्यक परेता पनि २१ हजार भाईल खोप मात्र प्राप्त हुदाँ पनि यस्तो समस्या आएको उनको भनाई छ । “ एकातिर खोप लगाउदा लक्षित बर्ग बाहेकका व्यक्तिहरुले पनि लगाउने र अर्कोतिर सरकारबाटै खोप कम आएको हुदाँ यस्तो समस्या देखिएको हो ।” उनले भने, “अब खोप लगाउन बाकी नागरिकलाई अर्को चरणको खोपमा समावेश गरिनेछ ।”