दुलेगौंडा । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको छ भने ३३२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको सहकारीका कर्जा अधिकृत एवम् सूचना अधिकारी भक्तबहादुर विकले बताए ।
सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रहेर रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको सहकारीका अध्यक्ष तिर्थराज गर्ताैलाले बताए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले प्राविधिक सहयोग गरेको थियो भने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा अमर पोलिक्निक प्रा.लि र फेवा सिटी हस्पिटलले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
सहकारीमा हालसम्म करिब २३०० सदस्य रहेका छन् । सहकारीको मुख्य कार्यालय शुक्लागण्डकी–३ कवासेमा रहेको छ भने शाखा कार्यालय शुक्लागण्डकी ६ खैरेनीटारमा रहेको छ ।