दुलेगौडा । , शुक्लागण्डकी नगरपालिकाको सेरामा रहेको कुश्मावती माध्यमिक विद्यालयको गत वर्ष निर्माण सम्पन्न भई पठनपाठन सञ्चालनमा आएको नयाँ विद्यालय भवनको आईतवार एक कार्यक्रमका विच औपचारीक समुद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ।
सूर्य नेपाल प्रा.लि.को सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गरेका थिए । सुर्य नेपाल प्रालिले नै जग्गा समेत खरिद गरी अत्याधुनिक सुविधा सहितको भवन निर्माण गरी विद्यालय वस समेत उपलब्ध गराई विद्यालय गत बर्ष देखि नयाँ भवनमा सञ्चालन हुदै आईरहेको थियो । यसै बर्षबाट एसईई परिक्षा विद्यार्थी सामेल भई ७५ प्रतिशत विद्यार्थी समेत उर्तिण भएका थिए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई खाजा पोशाक यातायात समेत सुर्य नेपाल प्रालिको सहयोगमा निशुल्क गरिएको हुँदा आर्थिक अवस्था कमजोर भएर पढाई छोड्नु पर्ने विद्यार्थीको आधार वन्न सक्ने गरी सुविधा दिईएको विद्यालयको प्रअ सिता कुमारी गिरिले वताईन ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक, सूर्य नेपालका कम्पनी प्रमुख बाबुराम कार्की, शुक्लागण्डकी ७ का वडा अध्यक्ष खड्गसिंह थापा, म्याग्दे गाउँपालिका–६ का वडा अध्यक्ष हिरा लाल गुरुङ , शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।













