• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्लागण्डकीको कुन वडामा को चयन

Staff Reporter by Staff Reporter
September 3, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं १ मा कृष्णबहादुर गुरुङ सभापतिमा सर्वसम्मत चयन भएका छन् । उपसभापति गोविन्द सुवेदी र इजातली मियाँ,सचिवमा भिमबहादुर गुरुङ र पृथ्वीराज मल्ल, सहसचिवमा विष्णुमाया वि.क र लक्ष्मण गुरुङ सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, वडा नं २ मा ध्रुवराज पौडेल सभापतिमा सर्वसम्वत चयन भएका छन् । उपसभापतिमा राजेन्द्र गुरुङ,नारायणी खनाल,सचिवमा गंगामणी गौतम र प्रज्ववल गुरुङ, सहसचिवमा रोविर गुरुङ र ईश्वर रिमाल चयन भएका छन् ।

वडा नं ३ मा सभापति सहितका सवै पदाधिकारी सर्वसम्वत चयन भएका छन् । वडा सभापतिमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उप–सभापतिमा सचिन भुजेल र दीपेन्द्र रिमाल चयन भए । सचिवमा टुकादेवी आचार्य र सन्तोष राज सिग्देल,सह–सचिवमा रामप्रसाद पोख्रेल र कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर बस्नेत, लोकबहादुर भण्डारी, महिला सदस्यहरुमा सृजना अधिकारी, शोभा न्यौपाने, गीता कार्की,खस आर्यबाट लिलवती भण्डारी,आदिवासी जनजातिबाट सन्तोष कुमार श्रेष्ठ, रोशन भुजेल,विजय श्रेष्ठ,देवेन्द्र श्रेष्ठ, आदिवासी जनजाति महिलाबाट बालकुमारी श्रेष्ठ,ममता गुरुङ, र दलितबाट जगतबहादुर सुनार चयन भएका छन् ।त्यस्तै वडाबाट प्रत्यक्ष महिला क्षेत्रिय प्रतिनिधिका लागि बीना खनाल ,सन्सरा कार्की,लक्ष्मी श्रेष्ठ,प्रत्यक्षतर्फ ठानप्रकाश न्यौपाने,मिलन पौडेल (क),निर्वतमा सभापति लिलाप्रसाद ढुङ्गाना ,मिलन पौडेल (ख) ,मंगल प्रसाद श्रेष्ठ ,सुरज लम्साल, खसआर्यबाट लक्ष्मी सिग्देल,हरिप्रसाद वाग्ले,आदिवासी जनजाति महिलाबाट ममता गुरुङ,आदिवासी जनजातिबाट सचिन भुजेल, इश्वर श्रेष्ठ, दलितबाट विक्रम वि.क चयन भए ।अधिवेशनमा डिल्लीराम घिमिरे निर्वाचन अधिकृत र महेन्द्र श्रेष्ठ सहायक अधिकृत तोकिएका थिए ।

वडा नं ४ को सभापतिमा डिल बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सर्वसम्मतको प्रयास असफल भएपछी भएको निर्वाचनमा प्रकाश थापा र राजुराम श्रेष्ठलाई हराउदै श्रेष्ठ निर्वाचित भएका हुन् ।  सभापतिमा सर्वसम्वत गराउने प्रयास भएपनि तीन जनाकोे उम्मेद्वार परेपछि निर्वाचन भएको हो ।सभापतिमा डिलबहादुर श्रेष्ठ, प्रकाश थापा र राजुराम श्रेष्ठले उम्मेद्वार दिएका हुन् ।अबको केहिबेरमा मतपरिणाम आउने छ । उपसभापतिमा सन्तोष श्रेष्ठ र कृष्ण जि.टी ,सचिवमा नारायण पौडेल र मिनबहादुर थापा ,सहसचिवमा मननारायण श्रेष्ठ र नारायण रिमाल चयन भएका छन् ।

वडा नं ५ को सभापतिमा हरिराज अधिकारी निर्विरोध चयन भएका छन् ।उपसभापतिमा भोज राज लामिछाने र शिवमाया थापा ,सचिवमा गणेश ढकाल र हुमबहादुर भट्ट ,सहसचिवमा मुक्ति कोइराला र पवन ढकाल चयन भएका छन् ।

यसैगरी,वडा नं ६ को सभापतिमा रवि केसी सर्वसम्वत चयन भएका छन् ।उपसभापतिमा सुदिप ढकाल र शेरबहादुर केसी ,सचिवमा प्रमोद लामिछाने र जयश्वर पाण्डे, सहसचिवमा राजेश ढकाल र विक्र थापा मगर चयन भएका छन् ।
त्यसैगरी,वडा नं ७ मा ईश्वर शर्मा सभापतिमा चयन भएका छन् । उपसभापतिमा श्रीराम राना र रमेश थापा र सचिवमा आकाश कार्की चयन भएका छन् । त्यस्तै, क्षेत्रीय प्रतिनिधिमा जीवन शर्मा ,पम्फा थापा ,खड्क सिं थापा ,सन्तोष घिमिरे, समुन्द्रराम श्रेष्ठ ,लक्ष्मण शर्मा ,पुर्णबहादुर कायस्थ,हरिबहादुर थापा ,पुष्पा ढकाल ,मनबहादुर पुन ,रेशम वि.क ,राजबहादु थापा, देवीकुमारी नेपाली,पार्वती देवी राना, खिमलाल गिरी , मञ्जु तिमिल्सिना चयन भएका छन् ।

त्यसै गरी वडा नं ८ मा भने अधिवेशन स्थगित भएको छ । काँग्रेसभित्रकै एक समुहले हुलदंगा गर्दा अधिवेशन स्थगित भएको बताइएको छ ।अधिवेशनको प्रक्रिया चलिरहेको बेलामा अधिवेशन प्रभावित गर्न चाहाने समुहले बलजस्ती निर्वाचन कार्यालयमा पसी कागजात जफत गरेर लगेपछि हालका लागि स्थगित भएको वडाध्यक्ष एवं पार्टीका वडा सभापति कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

त्यस्तै,वडा नं ९ मा पुनः रामप्रसाद पाठक सभापतिमा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा विनोद राउत र शंकर थापा,सचिवमा युवराज पराजुली र मेघनाथ पौडेल,सहसचिवमा चोलाकान्त सिग्देल र प्रकाश पौडेल चयन भएका छन् ।

वडा नं १० को सभापतिमा बिक्रम खांड ठकुरी सर्वसम्मत चयन भएका छन । त्यस्तै वडा नं ११ मा रविन्द्र विक्रम थापा सभापतिमा सर्वसम्वत चयन भएका छन् । उपसभापतिमा पुण्यप्रसाद भट्टराई र डिल्लीराम भट्टराई ,सचिवमा पिताम्बर सिग्देल , सहसचिवमा विदुर सिग्देल र नारायण प्रसाद भट्टराई चयन भएका छन् । क्षेत्रिय प्रतिनिधिमा भिमबहादुर थापा ,विष्णु मल्ल ,राजकुमार श्रेष्ठ ,बास्ना श्रेष्ठ,रेशमलाल भट्टराई ,नेत्रबहादुर महत,अमृत शाही ,हुमबहादुर दर्लाल,होमबहादुर भुजेल, सपना मल्ल, प्रमकुमारी शाही ,अमित शाही ,लोकेन्द्र थापा ,मदन सिग्देल, दीपा घिमिरे, मेघ मल्ल चयन भएको भीमबहादुर थापाले जानकारी दिए ।

त्यसैगरी वडा नं १२ को सभापतिमा पुनः गजबहादुर गुरुङ निर्विरोध चयन भएका छन् । त्यस्तै, उपसभापति तुलबहादुर खाँड र महेन्द्र गौतम ,सचिवमा फक्तबहादुर गुरुङ र होमबहादुर गुरुङ, सहसचिवमा तेजनारायण कोइराला ,किरण शाही रचयन भएका छन् । सदस्यमा नारायण गौतम र तारा गौतम लगायत चयन भए भने क्षेत्रिय प्रतिनिधिमा संगीता ठकुरी ,अञ्जु सिं ठकुरी ,रसामाया गुरुङ,शेरजंग गुरुङ, सुस्मा गौतम,होमबहादुर गुरुङ,राजकुमार श्रेष्ठ,विष्णुबहादुर भुजेल,डम्बर सिं गुरुङ, रुविना गुरुङ,सन्तोषराज गोतम,सोमबहादुर बैदार ,गजबहादुर गुरुङ ,ध्रुव लामिछाने र महेश्वर गौतम चयन भएका हुन् ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.